२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराज कुँवरको उम्मेदवारी घोषणा

सोमवार , चैत्र २०, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २० चैत ।
    कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा रुपन्देहीका नवराज कुँवरले उम्मेदवारी दिने घोषणा गरेका छन् । कुँवर क्यान महासंघका निवर्तमान अध्यक्ष हुन् । 

    यही चैत २८ र २९ गते हुने महासंघको अधिवेशनमा १२३ वटा वस्तुगत संघहरूको तर्फबाट निवर्तमान अध्यक्ष कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए ।

    कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्रिज अर्गनाइजेशनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आईसीटी विकास उपसिमितिका सह–सभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष समेत हुन् । उनी बुटवल पव्लिकेशन प्रा. लि. प्रबन्ध सञ्चालक समेत हुन् ।

    सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति र ऐन बनाउन सरकारसँग सहकार्य गर्ने गरी क्यान महासंघको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको अध्यक्ष पोदारले बताए ।

    अत्यधिक करका कारण नेपालको इन्टरनेट सेवा दक्षिण एशियामै महंगो रहेकाले सस्तो र गुणस्तरीय बनाउन, सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, डिजिटल साक्षरता वृद्धि, सकेसम्म सबै कारोबार डिजिटल, विदेशी लगानी प्रवद्र्धन, डिजिटल अर्थतन्त्र निर्माण, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण, स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन आफ्नो मुख्य एजेण्डा रहेको कुँवरले बताए ।