२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

बिकिरण सहकारीद्वारा दिर्घ रोगी सेयर सदस्यलाई आर्थिक सहयोग 

बुधवार , चैत्र २२, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • कोटिहवा । बिकिरण बचत तथा ऋण सहकारी सस्था लिमिटेड कोटिहवाले आफ्ना ५ जना दिर्घ रोगी सेयर सदस्यलाई आर्थिक सहयोग गरेको छ । 

    सहकारीले स्थापना दिवसको अबसरमा ५ जनालाई ५ हजारको दरले आर्थिक सहयोग गरेको लेखा समिति संयोजक अर्चित श्रेष्ठले जानकारी दिए । 

    सोहि अबसरमा  सहकारीले नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई खाना खुवाएको छ । अनाथ आश्रमका बालबालिकासंगै आफुहरुले पनि संगै बसेर खाना खाएको सहकारीका अध्यक्ष डिल्लीराम अर्यालले जानकारी दिए । 

    सहकारीले स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । सहकारी वचत तथा ऋणको कारोवारसंगै सामाजिक कार्यपनि गर्दै आएको छ ।