images

मंगलवार, बैशाख ११ गते २०८१

ताजा जनादेशमा जानु नै उत्तम बिकल्प : राप्रपा बरिष्ठ नेता बोहरा

ताजा जनादेशमा जानु नै उत्तम बिकल्प : राप्रपा बरिष्ठ नेता बोहरा

images
images
images
बुधवार, पौष २२ २०७७
बुधवार, पौष २२ २०७७
  • ताजा जनादेशमा जानु नै उत्तम बिकल्प : राप्रपा बरिष्ठ नेता बोहरा

    संसद बिघटन पछि अहिले मुलुक संकटको अबस्थामा रहेको छ। संसद घिटन सम्बन्धी बिषय (मुद्धा) सर्वोच्च अदालतमा विचाराधिन अबस्थामा रहेको छ। तर पनि नेकपाका दुवै समुह सहित प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस, प्रतिपक्ष दल राप्रपा, जसपा लगाएतका दलहरु पनि आन्दोलनमा रहेका छन्। यसै सन्दर्भमा संसद बिघटन अनि त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रम, राप्रपाको अबको रणनीति, राप्रपाको अबको एजेण्डा लगाएतका बिषयमा केन्द्रित रहेर राप्रपाका बरिष्ठ नेता दीपक बोहरासंग खबरपात्रोका सम्पादक दीपक घिमिरेले गरेको कुराकानीको सम्पादीत अंश। 

    images

    संसद बिघटन अनि त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ? 
    सबैभन्दा पहिला त प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिषमा राष्ट्रपतिले गरेको संसद विघटन गैरसंबैधानिक काम हो। संबिधानमै व्यवस्था नभएको संसद बिघटन गरेर सरकारले लोकतान्त्रीक गणतन्त्र तथा संबिधानको धज्जी उडाएको छ। सरकारको यो कदम प्रति हाम्रो आपत्ति रहेको छ। नेकपाको आन्तरीक झगडाबाट उब्जीएको संसद विघटन गैरसंवैधानीक र लोकतन्त्र बिरोधी काम हो। सरकार र नेकपाका कारण मुलुक अहिले संकटमा फसेको छ। सरकार जनताका काम गर्न छाडेर आन्तरिक किचलोमा फसेको छ। सरकारले जनताको काम गर्नु पर्दछ। 

    संबिधान बिघटनको बिषय अहिले सर्बोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको छ। राप्रपा संसद पुनस्थापनको पक्षमा रहेको छ की ताजा जनादेशका लागि निर्वाचनको पक्षमा रहेको छ? 
    संसद बिघटन सम्बन्धी मुद्धा अहिले सर्बोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको छ। अदालतले संसद पुर्नस्थापन गर्छ कि निर्वाचनका लागि बाटो खोल्छ त्यो भने हेर्न बाँकी छ। तर, पार्टिको कुरा गर्नु हुन्छ भने हामी ताजा जनादेशका पक्षमा रहेका छौ। तथापि अदालतको निर्णय नै अन्तीम निर्णय हुनेछ। तर अहिलेको यो गञ्जागोल अबस्थामा मुलुकलाई लामो समय लैजानु भन्दा ताजा जनादेशका लागि निर्वाचन नै सबैभन्दा उत्तम बिकल्प हो। हामी यही पक्षमा अडिक रहेका छौ। 

    अदालतले संसद पु्नस्र्थपना ग¥यो भने त तपाईहरुले स्वीकार गर्नुहुन्छ नी? 
    अदालतको निर्णयलाई हामी स्वीकार छौ। तर, अहिलेको अबस्थामा संसद पुनस्थापना समस्याको समाधान होईन। देश अहिले संकटको अबस्थामा रहेको छ। यदी संसद पुनस्थापन भयो भने देश अहिले जस्तो अवस्थामा छ त्यही अवस्थामा फस्छ। दशले कुनै पनि हालतमा प्रगती गर्न सक्दैन्। संसद पुनःस्थापना भए पनि राजनीति स्थीर हुन सक्दैन्। संसदमा सरकार बनाउने, सरकार गिराउने बाहेक कुनै पनि काम हुदैन्। सरकार बनाउने र सरकार गिराउने यो फोहोरी खेल संसद भित्र पस्छ। त्यसैले हामीले ताजा जनादेश नै अहिलेका लागि उत्तम बिकल्प मानेका छौ। ताजा जनादेश लिनलाई यो सरकारले संसद बिघटन गरेर निर्वाचनको प्रस्ताव ग¥यो र अदालतले पनि संसद विघटनको पक्षमा फैसला सुनायो भने त्यो ताजा जनादेश जानु नै उत्तम बिकल्प हुन्छ, हाम्रो कुरा पनि यही हो।

    dipak bohara (2).jpg

    ताजा जनादेशमा जाने भन्नु भयो, राप्रपाको मुख्य एजेण्डा चाँहि के हो त? 
    हाम्रो एजेण्डा स्पष्ट छ। हामीले राजा सहितको लोकतन्त्र र धार्मीक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हो। हामीले यही एजेण्डालाई जनतामाझ स्थापित गरेर अगाडि बढ्छौं। अहिले राजा र हिन्दु राष्ट्रको बारेमा जनतामा पनि एक खालको लहर नै चलेको छ। देशभरबाट राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र हुनु पर्ने माग सहित आन्दोलन गरिरहेका छन्। हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रका लागि भएका आन्दोलनमा हाम्रो नैतिक समर्थन रहेको छ। हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रका लागि गोलमेच सम्मेलन वा जनमत सङ्ग्रहमा जानु पर्दछ। हामीले यो कुरालाई जनतामाझ लिएर जान्छौ। राजा हटाउने र धर्म निरपेक्ष गराउने बिषय जनताको आदेशबाट भएको थिएन। जनआन्दोलनबाट हटेको राज सस्था र हिन्दु धर्म सडक आन्दोलनबाटै फर्किने छ। यसमा हामी बिस्वस्त छ। 

    राप्रपाले कस्तो खालको राजाको परिकल्पना गरेको हो? राजा नै किन चाहियो त? 
    हामीले सास्कृतिक, आलङकारिक खालको राजा सहितको प्रजातन्त्र खोजेका हौ। सक्रिय राजा खोजेका होइनौ। यसमा हामीले प्रष्ट पार्छौ। हामीले स्पष्ट रुपमा भनेका छौं। संविधानको मातहतमा रहने, संबिधान र आम नेपाली नागरिकको रक्षा गर्ने खालको राजा खोजेका हौं। 

    राष्ट्रपति रहेको मुलुकमा राजा किन चाहियो त? 
    दलबाट चुनीएको राष्ट्रपती जनता प्रति नभई दलप्रती मात्रै बफादार भए। त्यसको ज्वलन्त उदाहरण अहिलेका राष्ट्रपति हुन्। प्रधानमन्त्रीले लगेका अध्यादेशलाई गएको घण्टा नबित्दै स्वीकृत भए। कतिपय अध्यादेश बिज्ञ, प्रमुख प्रतिपक्षी दलका नेता, कानुन विदसंग बसेर लामो छलफल गरेर गर्नुपनमा राष्ट्रपति हतार हतार पास गर्ने काम भयो। जसका कारण मुलुक अहिले संकटमा परेको छ। राष्ट्रपतिले बिचार नपुराई काम गरेका कारणले गर्दा जनताले दुख झेल्नु परेको छ। त्यसैले हामीले सबैलाई सम्मान गर्न सक्ने, संबिधानको रक्षा गर्न सक्ने खालको राजाको परिकल्पना गरेका हौं। राष्ट्रपति कहिले पनि स्वतन्त्र हुन सक्नु भएन। हामीले यदी संविधानकै मुनी रहने राजा ल्यायौ भने त्यस्तो अवस्था सिर्जना हुदैन। हामीले सक्रिय राजा खोजेका होइनौ। पार्टी प्रती प्रतिबद्धहुने त्यो राष्ट्रपती हुनै सक्दैन्। त्यसैले राजा चाहिएको हो। राप्रपा अहिलेको स्थितीमा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनमत जुटाउने दिशामा अगाडि बढेको छ। 

    राजा सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुन्छ भन्ने के आधार छन?  
    अलिहे नेपाली जनताले राजा सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य खोजिरहेका छन्। समयले अहिले यी दुबै कुराको खोजी गरेको छ। यो समयको माग पनि हो। समयको गतीलाई, समयको परिवर्तनलाई कसैले आङ्कलन गर्न सक्दैन। आज संघीयता विरुद्ध नारा लाग्यो, गणतन्त्रका विरुद्धमा पनि नारा लाग्यो। त्यती मात्रै होईन  संविधानको विरुद्धमा पनि नारा लाग्यो। यो लाग्न हुने थिएन। तर यी सबै परिस्थीती अनुुसार नै नारा लाग्यो। हाम्रो नारा भनेको राजा सहीतको लोकतन्त्र हो। अहिलेको सरकार र शासनका कारण मान्छे वाक्क दिक्क परेर सडकमा आउन परेको हो। त्यसैले देशको निकासका लागि सबैभन्दा उक्तम बिकल्प भनेको यही हो। 

    दुई तिहाई बहुमतको सरकारलाई कसरी मुल्याङकन गर्नु भएको छ? 
    यो दुई तिहाई बहुमतको सरकार पुर्ण रुपमा असफल सरकारको दर्जामा पुगेको छ। हामीले मात्रै होईन यो सारा नेपालीले सरकार पुर्ण रुपमा असफल भएको टिप्पणी गरिरहेका छन्। यो सरकारसंग आम नागरिक सुखि र खुसी हुन सकेनन्। यो दुखत पक्ष हो। दुई तिहाइको सरकार ल्याउदा पनि देशका शुशाशन, बिकास, समृद्धि सम्भव नभएपछि अबको विकल्प भनेको परम्परावादी शक्तिलाइ एक ठाउँमा ल्याउने र नेपलको विकास गर्ने नै हो। अहिले राष्ट्रियता निकै कमजोर अबस्थामा पुगेको छ। संकटको अबस्थाबाट मुलुक अगाडि बढेको छ। यो दुई तिहाईको स्थायी सरकार कम्तिमा ५ वर्ष नै चल्छ भन्ने थियो, चल्न सकेन। राष्ट्रियता बलियो हुन देशमा एकता हुन जरुरी छ। देशमा राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम हुने हो भने देशमा कुनै हस्तक्षेप हुदैन। 

    तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालमा घोषणा भएको प्रदेश राजधानी अहिले बुटवलबाट दाङ (भालुबाङ) सरको छ। यसमा राप्रपाको धारणा के छ? 
    हो, तत्कालीन समयमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा म स्वास्थ्यमन्त्री हुँदा प्रदेश ५ को राजधानी बुटवलका लागि घोषणा गरेका थियौ। सबै सुबिधाका हिसावले हामीले राजधानीको घोषणा गरेका थियौ। व्यवस्थीत शहर, बुद्ध जन्मस्थल लुम्बिनी, निर्माधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, नेपाल भारत सिमा नाका लगाएतका संरचना भएका हामीले बुटवललाई राजधानी तोकेका हौ। तर, बर्तमान सरकारले अहिले केहि पनि संरचना नभएको ठाँउमा राजधानी लैजाने भनेको छ। यसमा हामी असन्तुष्ट छौ। यो सरकारले कम्तीमा यो कुरा बुझ्नु पर्ने थियो। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij