२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

माल्टामा नेपाल डे मनाइने

शुक्रवार , चैत्र २४, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • माल्टा, २४ चैत । 
    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल डे मनाइने भएको छ । माल्टामा अवस्थित विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, नेपाल माल्टा च्यारिटी अर्गनाईजेशनका कार्यसमितिका पदाधिकारीहरुको बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।

    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिन लागिएको बताए । नेपाल बहुजाति, बहुधार्मिक, बहुसाँस्कृतिक अनि विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकासको प्रमुख आधार पर्यटन नै भएको दावी गर्दै उनले समस्त माल्टाबासी नेपालीहरुलाई देशलाई विश्वसामु चिनाउन र देश विकासको लागि एउटा ईट्टा थप्न, पर्यटन व्यवसायलाई फस्टाउन नेपाल डेलाई सफल र भव्य बनाउन आग्रह पनि गरे ।

    रोजगारीको सिलसिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिलाई चिनाउनको लागि नेपाली नयाँ वर्ष २०८० सालको अवसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले साँस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ । उक्त कार्यक्रमलाई नेपाली राजदुतावास लन्डन÷स्पेन र प्रचारप्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एवं कोस्टा क्लिन फाउण्डेशन माल्टाले सहयोग गरेका छन् ।