
शुक्रवार , चैत्र २४, २०७९
भैरहवा, २४ चैत ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।
मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यवसायिक संस्थाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।
विमानस्थललाई केन्द्रित गरी अरबौं रुपैयाँ लगानी गरेका पर्यटन व्यवसायीहरुको लगानी डुब्ने स्थितिमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभइ समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सञ्चालनमा आएको महिनौँ दिन बित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक–एक उडान हुँदै आएको छ । विरोध नगरे केही नहुने परिपाटी नेपालमा बसेकोल आन्तरिक उडानमात्रै गर्दै आएको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए ।
दर्जन बढी निजी व्यवसायिक संस्थाहरुको ऐक्यबद्धता रहेको विरोध कार्यक्रम दबाब स्वरुप अहिले शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रम गरे पनि मागहरु सम्बोधन नभए आन्तरिक टर्मिनल पनि बन्द गर्ने चेतावनी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij