
आइतवार , चैत्र २६, २०७९
भैरहवा, २६ चैत ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले बुुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक बुुद्धजन्मस्थ आएका राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।
कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, परिषद् सदस्य श्रीराम यादव, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरे । मन्त्री सिर्पालीले मायादेवी मन्दिरको दर्शनसँगै गौतमबुुद्धको जन्म स्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैंचा र शान्ति दीप क्षेत्रको निरीक्षण गर्दै जानकारी दिए ।
बुुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने गरी सरकारले काम गर्ने बताइन् । उनले लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता देखेको बताइन् ।
राज्यमन्त्री सिर्पालीले आफूू लुम्बिनी प्रदेशकै बासिन्दा भएकाले पनि बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचार र बौद्ध दर्शनको प्रभाव विस्तारका लागि क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुुराजा शाक्य र सूचना तथा जनसम्पर्क प्रमुख राईले लुम्बिनी र बुद्वका बारेमा जानकारी दिएका थिए ।
राज्यमन्त्री श्रीपालीले मुख्य नहरमा डुंगा शेयर समेत गरिन् । उनले थाई विहारको अवलोकन गर्दै लुम्बिनीमा रहेका विहारहरुको बारेमा जानकारी लिइन् । राज्यमन्त्रीसँगै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, नेता तीर बहादुर रोकाय (डार्बिन), मनिष कुमार जोशी, प्रेस संयोजक गोपी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij