
सोमवार , चैत्र २७, २०७९
भैरहवा, २७ चैत ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीसँग भेटघाट तथा छलफल गरेको छ । संघले आइतबार सिद्धार्थनगर नगरपालिका–४ स्थित विश्वकर्मा मन्दिर परिसरमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालीले यस क्षेत्रको समग्र विकासका लागि आफूले पहल गर्ने बताइन् । उनले विश्वकर्मा मन्दिरको भौतिक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
समाजमा विभेद यथावत रहेको र विशेष गरी महिलाहरु यसको चेपुवामा परेको भन्दै यसको समाधानको लागि आफूले पहल गर्ने उनको भनाइ थियो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिस कुमार कौसल (दिपक) को अध्यक्षता तथा राज्यमन्त्री श्रीपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनचाँदी व्यवसायी संघ लुबिनी प्रदेशका उपाध्यक्ष विक्रम बहादुर सुनार, संघका रुपन्देही जिल्ला अध्यक्ष रामकिशन विश्वकर्मा र संघका सल्लाहकार डम्मर लाल रामदामले बोलेका थिए ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष राजन रसाइलीको स्वागत तथा सचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij