images

आइतवार, बैशाख २३ गते २०८१

बुटवलमा तनाव व्यवस्थापन विषयक प्रशिक्षण

बुटवलमा तनाव व्यवस्थापन विषयक प्रशिक्षण

images
images
images
मंगलवार, चैत्र २८ २०७९
मंगलवार, चैत्र २८ २०७९
  • बुटवलमा तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    रुपन्देही, २७ चैत ।
    निर्मल ह्रदय संस्था नेपालको आयोजना तथा समयादेवी टोल विकास संस्था बुटवलको सह–आयोजनामा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जस्मिन कसौधन भण्डारीकाअनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–१ क्षेत्रका करिब ९० जना बढी मानिसले खुशी जीवन जिउने कला सिकेर लाभ लिएका छन् ।  

    images
    images
    images

    तालिमलाई सहजीकरण गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले अहिले विश्वमा बन्दै गइरहेको डिजिटल लाईफ शैली, फास्ट फुड, अस्वस्थ प्रतिष्पर्धा, योग, ध्यान र साँस्कृतिक जीवन शैलीको अभाव तथा अव्यवस्थित जीवन शैलीको कारण अत्याधिक मानिसमा मानसिक समस्या बढ्दै गइरहेको, धैर्यताको कमी, पारिवारिक बेमेल, डिजिटल/मोबाईल एडिक्सन, इमोसन कन्ट्रोल गर्न नसक्ने आदि समस्या जटिल बन्दै गइरहेकाले राज्यले ठोस कार्यक्रम नल्याएमा आगामी पुस्ता भयानक नैतिक र भावनात्मक समस्यामा पर्ने बताए ।

    कार्यक्रममा सरल विधिद्वारा तनाव व्यवस्थापन, नकारात्मक निराकरण उपायहरु, शारीरिक र मानसिक रुपमा स्वस्थ हुने तरिका आत्मविश्वास वृद्धि गर्ने उपाय, योग ध्यान र आध्यात्मिक अभ्यासका विधि, विपरीत परिस्थितिलाई समर्थ स्थितिमा बदल्ने तरिका तथा सुसंस्कारयुक्त जीवनशैली विषयहरुको सहजीकरण गरिरहेको थियो ।

    संस्थाका अध्यक्ष जस्मिन कसौधन भण्डारीको अध्यक्षता, महासचिव छवि न्युरेको सञ्चालन तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेको सहजीकरणमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सहभागीले प्रशिक्षणमार्फत आफूहरुले खुशियाली जीवनका केही सुष्म आयामहरु सिक्न पाउँदा कार्यक्रम लाभदायक भएको बताए । उनीहरुले प्रशिक्षण कार्यक्रममा सिकाइएका सम्पूर्ण विधिहरु जीवनउपयोगी भएको महसुस गर्दैै सबैलाई सिक्न आग्रह समेत गरे ।

    निर्मल ह्रदय सँस्था नेपालले तनावमुक्त साँस्कृतिक तथा सभ्य र समृद्ध समाज निर्माणका लागि लगातार गतिविधि गर्दै जाने बताउँदै साथ तथा समन्वयका गरिदिन संस्थाका अध्यक्ष जस्मिनको वडा, टोल र नगरलाई आग्रह छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij