images

आइतवार, बैशाख २३ गते २०८१

मृतक मजदूरको परिवारलाई ७ लाख राहत प्रदान

मृतक मजदूरको परिवारलाई ७ लाख राहत प्रदान

images
images
images
बुधवार, बैशाख ६ २०८०
बुधवार, बैशाख ६ २०८०
  • मृतक मजदूरको परिवारलाई ७ लाख राहत प्रदान

    बुटवल, ६ वैशाख ।
    ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदूरको परिवारलाई ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले ७ लाख रुपैयाँ राहत प्रदान गरेको छ । 

    images
    images
    images

    बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारले ७ लाख रुपैयाँ राहत पाएको हो । 

    संघले एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयाँको चेक दिएको हो । चेक पाएपछि निशाले दुःखको बेला ठूलो राहत मिलेको बताइन् । संघले सुरु गरेको सामाजिक सुरक्षा अभियान अन्तर्गत निशाले राहत रकम पाएकी हुन् । 

    संघका सदस्य व्यवसायी सामाजिक सुरक्षा (सासु) कार्यक्रममा आबद्ध भएमा उद्योगमा  काम गर्ने कामदार मजदूरले स्वतः राहत पाउंछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन । 

    सासु कार्यक्रम सुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्यूनतम १० हजारदेखि ७५ हजारसम्म र मृत्यु भएमा ७ लाख रुपैयाँसम्म राहत रकम दिने गरेको बताए । 

    संघका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा संघमा आबद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आवद्ध गराई व्यवसायी र मजदूर दुवैलाई भवितव्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताए । 

    सासु कार्यक्रममा आबद्ध हुन १ दिनको ६ रुपैयाँ र नवीकरण गर्न १ दिनको ३ रुपैयाँ मात्रै लाग्छ’–भट्टराईले भने–‘यो कुनै ठूलो रकम होइन तर कतिपय व्यवसायीले यसको महत्व अझै बुझ्न सक्नुभएको छैन ।’ 

    सासु कार्यक्रममा आवब हुने व्यवसायीलाई संघले हेल्मेट, पन्जा लगायत २ हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताए । संघले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उनले बताए ।

    संघका संस्थापक अध्यक्ष अशोक वर्माले संघले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरु व्यवसायिक संस्थाले पनि लागू गर्नुपर्ने अनुकरणीय रहेको बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij