२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञवाली

बिहिवार , बैशाख ७, २०८०

लुम्बिनी, ७ वैशाख ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव राम प्रसाद ज्ञवाली हाजिर भएका छन् । नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा उपसचिव राम प्रसाद ज्ञवालीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । मुलुकका विभिन्न जिल्लाको निमित्त जिल्ला प्रमुख अधिकारी, गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, रुपन्देहीका दुई पालिका, घरेलु तथा साना उधोग कार्यालय लगायत विभिन्न ठाउँहरुमा आफनो जिम्मेवारी सम्हालिसकेका ज्ञवाली लुम्बिनी साँस्कृृतिक नगरपालिकामा खटिएका छन् ।

सेवा प्रारम्भ गर्दै ज्ञवालीले कानूनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर कार्यपालिका र मातहत रहेका कार्यालयबाट आम नागरिकलाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै उनले समृद्ध नगर बनाउन जनप्रतिनिधि विभिन्न राजनितिक दल, नागरिक समाज, क्लब र नगरबासीको साथ र सहयोगको समेत अपेक्षा गरे ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बिलम्ब नगरी जनतालाई सेवा प्रवाह गर्न मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । साथै, ज्ञवालीले नगरपालिकाको प्रशासकीय भवन निर्माण र फोहोरमैला व्यवस्थापन गर्नेदेखि सुशासन नगरपालिका बनाउन सदैव कटिबद्ध भएर लाग्ने बताए ।

lumbini swagat.jpg

हाजिर भएकै दिन उनले विभिन्न योजनाहरुको अनुगमन र शाखाको निरीक्षण समेत गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलनमान, उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्ष विनोद कहार, न्यायिक समिति सदस्य अहमद हुसेन, शाखा प्रमुख तथा कर्मचारीहरुले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीलाई स्वागत गरेका हुन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनको स्वागत मन्तव्य तथा नगरपालिकाका प्रेस संयोजक सुरेश परियारको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।