
शुक्रवार , पौष २४, २०७७
बुटवल, २४ पुस ।
बुटवलमा अर्गानिक परिकारको आमा भान्साघर शुभारम्भ भएको छ । शुक्रबार एक समारोहकाबीच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन् ।
संघका अध्यक्ष जिसीले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेण्ट खुल्ने क्रममा रहेको भन्दै नयाँ र फरक ढंगका भान्साघरको पहिचान हुने बताए । देशमा ६० हजार भन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दावी गरे । निकै लामो प्रयासपछि होटल व्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उनले बताए । आन्तरिक घुमफिरका योजना बनाउने रुपमा विविध कार्यक्रम बनाउनतर्फ आफू लाग्ने प्रतिवद्घता समेत जनाए ।
भान्साघरका संचालक सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर सुरु गरेको बताइन् । भान्साघरमा ७ जना महिलाहरुले रोजगार पाएको उनले बताइन् । लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश केसीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताए । अहिलेसम्म भान्साघरमा ८० लाख खर्च भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij