२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

देवदहमा २५० जना राप्रपामा प्रवेश

शनिवार , पौष २५, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २५ पुस ।
    रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ सिक्टहनमा विभिन्न पार्टी परित्याग गरी २५० जना बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेशश गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरी २५० जना बढी राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    राप्रपा देवदह नगर समितिले शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, पार्टीका स्थायी समिति सदस्य ताहिर अलि, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले पार्टीमा प्रवेश गराए ।

    सो अवसरमा बोल्दै नेता बोहराले अबको निर्वाचनमा पार्टी वैकल्पिक शक्तिको रुपमा उदय हुने दावी गरे । उनले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र स्थापनाको लागि पार्टी संघर्षरत रहेको बताए ।

    दुधनाथ यादवको अध्यक्षता तथा राजु चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देही सह–प्रवक्ता सतिष मिश्र, उमा राना, शंकर खत्री, अर्जुन थापा, नजिर अलि, माधव रिमाल, वीर बहादुर क्षेत्री, उमापति चौरसिया, सौरभ राजभण्डारी, तारानाथ यादव, ओमप्रकाश चौधरी, आशिष चौधरी, मोबिन आलम, शम्भु यादव, कमरे आलम, हनान अहमद लगायतको उपस्थिति रहेको थियो ।