images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा नापजाँच सुरु

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा नापजाँच सुरु

images
images
images
आइतवार, बैशाख १० २०८०
आइतवार, बैशाख १० २०८०
  • लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा नापजाँच सुरु

    लुम्बिनी, १० वैशाख ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागि पहिलो चरणका कार्य आरम्भ भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधि, कर्मचारीको पहलमा नगरपालिकाले भवन निर्माणका लागि केही महिनाअघि जग्गाको टुंगो लागेको थियो । जसअनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ स्थित लंकापुरदेखि केवटलिया जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको हो ।

    images
    images
    images

    भवनका लागि प्रस्तावित जग्गाको आइतबार नगरप्रमुख सजरुद्दीन मुसलमान, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, इञ्जिनियर आशिष यादव, अमिन, पत्रकारलगायत स्थानीयको रोहबरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । 

    डीपीआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांकन र एरिया नापिएको हो । क्षेत्रीय सहकारी विकास तथा एडीबीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।

    आम नागरिकलाई छिटोछरितो तरिकाले आफ्नै भवनबाट सेवा दिन आतुर रहेको नगरप्रमुख सजरुद्दीन मुसलमानले बताए । विगतमा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकालमा पूरा गर्ने मेयर मुसलमानले प्रण गरेका छन् ।
     
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij