
शनिवार , पौष २५, २०७७
अर्घाखाँची, २५ पुस ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले पहिले विद्युत नपुगेर लोडसेडिङ गर्ने अवस्था थियो भने अहिले कता हालौं भन्ने स्थितिमा पुगेको बताएका छन् । पहिला आफु उर्जा मन्त्री भएको समयमा धेरै प्रयास भएका कामहरु अहिले सम्पन्न हँुदै गएकाले र केही काम सम्पन्न हुने चरणमा भएकाले धेरै समस्या हल हुँदै गएको उनले बताए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा निर्माण भएको ३३/११ केभि, ३ एमभिए उद्घाटन गदै रायमाझीले जिल्लाका विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेका विद्युत सब–स्टेशनलाई छिटो भन्दा छिटो सम्पन्न गरी विद्युतको गुणस्तरमा सुधार गर्न लागिपरेको मन्त्री रायमाझीले बताए ।
त्यस्तै विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित वा अघोषित रूपमा लोडसेडिङ नगरिएको शाक्यले बताए । पछिल्लो समय छिनछिनमा जाने (ट्रिपिङ) को समस्या घट्दै गएको उनले बताए । सबस्टेसन सुदृढीकरणका लागि थप काम भइरहेकाले यसको समस्या पनि छिटै समधान हुने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij