२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताको निर्वाचन खर्च साढे ३ लाख

बुधवार , बैशाख १३, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १३ वैशाख ।
    लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ताले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३ लाख ४० हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । 

    पर्चा पम्पलेटमा रु. १ लाख, सवारीसाधनमा रु. ३० हजार, इन्धन खर्चमा रु. ३० हजार, उम्मेदवारी दर्तामा रु. ५ हजार, चिया नास्तामा रु. २० हजार, कार्यालय सञ्चालनमा रु. १० हजार, झण्डा ब्यानरमा रु. ४० हजार, खाना खर्चमा रु. ५० हजार र विविधमा रु. ५५ हजार खर्च भएको गुप्ताले बताए ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनमत पार्टीका उम्मेदवार गुप्ता रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी जनमत लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

    स्वतन्त्र उम्मेदवार कान्ती गुप्ताको निर्वाचन खर्च १ लाख १५ हजार

    त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट स्वतन्त्र उम्मेदवार कान्ती कुमारी गुप्ताले १ लाख १५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएकी छन् ।

    कार्यकर्ता परिचालनमा रु. १० हजार, पर्चा पम्पलेटमा रु. १० हजार, सवारीसाधन र इन्धन खर्चमा रु. ५० हजार, झण्डा ब्यानरमा रु. २० हजार, चिया नास्तामा रु. १५ हजार, उम्मेदवारी दर्तामा रु. २ हजार ५ सय र कार्यालय सञ्चालनमा रु. ७ हजार ५ सय खर्च भएको गुप्ताले बताइन् ।