images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

images
images
images
शनिवार, बैशाख १६ २०८०
शनिवार, बैशाख १६ २०८०
  • लुम्बिनीमा सरसफाई अभियान निरन्तर

    भैरहवा, १६ वैशाख ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान–२०८० सुरु गरिएको हो । शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहित कोषका कर्मचारीहरुको उपस्थितिमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ ।  

    images
    images
    images

    मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्तर्राष्ट्रिय ध्यान केन्द्रसम्म सरसफाई गरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरी दोस्रो हप्ता पनि लगातार सरसफाई गरिएको र आगामी दिनमा महिनामा एकदिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ ।  लुम्बिनी पवित्र उद्यानलाई सफा र सुन्दर राख्नुपर्ने आवश्यकतालाई आत्मसाथ गर्दै सफाई गर्न लागिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

    लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल समेत भएकाले यसलाई सफा, स्वच्छ राख्नका लागि सबै पक्षलाई जिम्मेवार बनाउन अभियान थालिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । लुम्बिनीभित्र नियमित रुपमा सफाई हुने गर्छ । तर, भ्रमणमा पुगेका पर्यटकहरुले पानीका बोतल, चाउचाउका खोल र कतिपय ठाउँमा सुर्ती, गुटखाका खोल समेत भेटिएकाले सजग हुनुपर्ने अवस्था देखिएको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । कोषले नियमित रुपमा महिनाको एकदिन शनिबार सरसफाई गर्ने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुँदन किराँतीले पशुपतिमा प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गरेसँगै लुम्बिनीमा पनि नियिमत सफाई अभियान सुरु भएको हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij