२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

हल्दिबारी गाउँपालिकाबाट श्रम स्वीकृति दिन सुरू

सोमवार , बैशाख १८, २०८०

हल्दिबारी, १८ वैशाख ।

झापाको हल्दिवारी गाउँपालिकाले आइतबारबाट श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।

१ वैशाखको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रम स्वीकृत दिने निर्णयअनुसार आइतबारबाट हल्दिबारी गाउँपालिकाले श्रम श्रम स्वीकृति दिन थालेको हो । आइतबार हल्दिबारी–४ का देवी खतिवडालाई श्रम स्वीकृतिको  निस्सा दिएर सुरुवात गरिएको हो ।