images

आइतवार, बैशाख २३ गते २०८१

प्रहरी नागरिकप्रति बढी जिम्मेवार छ : आईजीपी कुँवर

प्रहरी नागरिकप्रति बढी जिम्मेवार छ : आईजीपी कुँवर

images
images
images
बिहिवार, बैशाख २१ २०८०
बिहिवार, बैशाख २१ २०८०
  • प्रहरी नागरिकप्रति बढी जिम्मेवार छ : आईजीपी कुँवर

    रुपन्देही, २१ वैशाख ।
    नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी आम नागरिक र समाजप्रति बढी जिम्मेवार भएको बताएका छन् । बिहिबा ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै आईजिपी कुँवरले निजी स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    निस्वार्थ गरिएको सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभुति हुने बताउँदै आईजीपी कुँवरले शान्ति सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने बताए । समाजमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नेदेखि कानूनी कारवाहीमा ल्याउनसम्म प्रहरी अति नै संवेदनशील भएको र नागरिकलाई न्यायको प्रत्याभुति हुने तरिकाले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रशासनिक कामका लागि नेपाल प्रहरीले करिब ४ सय वटा भवन भाडामा लिएर सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै उनले नागरिकको सेवालाई सहज र गुणस्तर बनाउन बुटवलमा भवनलाई विधिवत् सुचारु गरिएको उल्लेख गरे । उच्च मनोबल र सकारात्मक सोँचले मात्र नागरिकमैत्री सेवा दिन सकिने भन्दै आईजीपी कुँवरले कुशल कार्यशैली प्रभावले मात्र प्रहरीप्रतिको जनविश्वास बढ्दै जाने बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम नागरिकको सुरक्षाको अभिन्न अंग प्रहरी भएको बताए । बिना वर्दीका नागरिक पनि प्रहरी भएका कारण समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा नेपाल प्रहरीसँग हातेमालो गर्नुपर्ने मेयर पाण्डेयले औँल्याए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आन्तरिक सुरक्षा बलियो बनाउने खम्बा नेपाल प्रहरी भएको बताए । आम जनतासँग प्रत्यक्ष सरोकार गर्ने निकाय नै प्रहरी भएका कारण शान्ति, सुरक्षा दिने सन्र्दभमा नागरिकमैत्री हुन जरुरी रहेको बताउँदै रुपन्देहीको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनले बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को स्वागत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको धन्यवाद ज्ञापन तथा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij