२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आज बुद्ध जयन्ती : प्रधानमन्त्रीले मूल समारोहको उद्घाटन गर्दै

शुक्रवार , बैशाख २२, २०८०

काठमाडौं, २२ वैशाख । 
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्न लागेका हुन  ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मूल समारोहको उदघाटन गर्नेछन् । उनकाअनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । 

वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा हिजो बिहान दीप प्रज्ज्वलन, महापरित्राण भएको थियो भने आज पूजापाठ, शोभायात्रासहित मूल समारोह आयोजना हुनेछ ।

त्यसै गरी २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा हुनेछ भने सोही बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोहको आयोजना गरिएको छ ।

हरेक वर्ष झै यस बर्ष पनि बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याएको सदस्य सचिव शाक्यले बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा भने कोषले तीन करोड रुपैयाँ बजेट छुटयाएको थियो ।