२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रीकालीन बजार सुरक्षाबारे छलफल

शुक्रवार , बैशाख २२, २०८०

बुटवल, २२ वैशाख । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।

नगरप्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरे ।

उनले बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।

नगरप्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापन जस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।