images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

images
images
images
शनिवार, बैशाख २३ २०८०
शनिवार, बैशाख २३ २०८०
  • लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

    भैरहवा, २३ वैशाख ।
    मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व कपिलवस्तुको तिलौराकोट लगिएको छ । सिद्वार्थ गौतमलाई बुद्व पूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।  

    images
    images
    images

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो । 

    बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij