२०८३, बैशाख २७ गते

May 10 2026 | २०८३, बैशाख २७ गते

सेयर बजारमा दोहोरो अंकले वृद्धि

मंगलवार , बैशाख २६, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौ, २६ वैशाख । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । 

    मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ। 

    यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

    मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ। 

    यता सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निमार्ण तथा प्रशोधनमा वृद्धि भएको छ । 

    आजको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिनचोक दर्शन, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।