images

सोमवार, बैशाख २४ गते २०८१

नाट्टा प्रदेश अध्यक्षको अनुरोध ‘बीआईटीएममा सहभागीता जनाउँदै समस्या समाधान गरौं’

नाट्टा प्रदेश अध्यक्षको अनुरोध ‘बीआईटीएममा सहभागीता जनाउँदै समस्या समाधान गरौं’

images
images
images
बुधवार, बैशाख २७ २०८०
बुधवार, बैशाख २७ २०८०
  • नाट्टा प्रदेश अध्यक्षको अनुरोध ‘बीआईटीएममा सहभागीता जनाउँदै समस्या समाधान गरौं’

    भैरहवा, २७ वैशाख ।
    नेपाल एशोसियन अफ ट्राभल्स एण्ड टुर एजेण्ट (नाट्टा) लुम्बिनीको अध्यक्ष रचना पन्तले भोलिदेखि लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय ट्राभल मार्र्ट (बीआईटीएम) मा सबै सरोकारलाई उपस्थित हुन आग्रह गरेकी छन् । उनले भनिन, ‘हामीसँग समय छैन भोलिदेखि बीआईटीएम हुरु हुँदैछ, हाम्रो पहिलो कर्तव्य लुम्बिनीमा हुने कार्यक्रम सफल पार्नु हो त्यसपछि अन्य समस्याको विषयमा छलफल गरौं ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्डको आयोजनामा नाट्टा केन्द्रले संयोजन गरेर भोलिदेखि लुम्बिनीमा सुरु हुने बीआईटीएममा लुम्बिनी क्षेत्रका पर्यटन सम्बद्ध संघ–संस्था तथा पर्यटन व्यवसायीलाई सूचनासमेत नगरिएको भन्दै रुपन्देहीका पर्यटन व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरेर असहमति प्रकट गरेका छन् । 

    पत्रकार सम्मेलनमा नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष पन्तले भनिन्, ‘हामीहरुलाई व्यक्तिगत र संस्थागत रुपमा हिजो मात्रै खबर आएको हो । त्यसपछि हामीले सूचना सम्प्रेषण सुरु गरेका हौ । मुख्य आयोजक र नेपाल पर्यटन बोर्डको कार्यशैलिप्रति हाम्रो पनि असहमति छ तर लुम्बिनी क्षेत्रमा हुने पर्यटनसम्बन्धि हरेक गतिविधि सफल पार्नु पनि हाम्रो अर्काे दायित्व भएको हुदा असहमतिकाबीच पनि कार्यक्रममा सहभागीता र सफल पार्न लागेका छौं । ’

    उनले आगामी दिनमा पर्यटन बोर्ड, नाट्टा केन्द्रले रुपन्देहीका पर्यटन व्यवसायीको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने विश्वास पनि व्यक्त गरिन् ।

    कार्यक्रममा होटल एशोसियनका अफ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीलाई सूचना नै नगरी, समन्वय नै नगरी गर्न थालिएको कार्यक्रमप्रति असहमति राखेका थिए । 

    लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, सोट्टो लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमय, चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीलगायत विभिन्न पर्यटन सम्बन्धित संघ–संस्था र निजी क्षेत्रका व्यवसायीले लुम्बिनीमा हुने कार्यक्रम महत्वपूर्ण भएता पनि काठमाडौंमा बसेर बनाएको योजना तथा कार्यक्रमले स्थानीय पर्यटन व्यवसायी लाभान्वित नहुने बताए । सो अवसरमा नेपाल पर्यटन बोर्डको खर्च शैली पनि प्रश्न उठाइएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij