images

सोमवार, बैशाख २४ गते २०८१

आजदेखि लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट 

आजदेखि लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट 

images
images
images
बिहिवार, बैशाख २८ २०८०
बिहिवार, बैशाख २८ २०८०
  • आजदेखि लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट 

    भैरहवा, २८ वैशाख ।
    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा बिहीबार (आज) देखि लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) हुँदैछ । विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बीआईटीएम आयोजना गरिएको बुधबार भैरहवामा पत्रका सम्मेलन गरी जानकारी गराइएको हो ।

    images
    images
    images

    कोभिड-१९ पश्चात नेपालको पर्यटन गतिविधि सामान्य रुपमा पुनः सुचारु भइरहेको परिप्रेक्षमा पर्यटकीय आमगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राख्दै वैशाख २८ देखि ३० गतेसम्म बीआईटीएम आयोजना गरिएको नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले बताए ।
    नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना हुने बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको सचिवालय नाट्टाले वैशाख २८ देखि ३० गतेका लागि भारत, मलेसिया, चीन, कारिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशशरुबाट ट्राभल÷टूर कम्पनीहरु सहभागी हुने थापाले जानकारी दिए । ‘नेपालबाट पनि सोही संख्यामा ट्राभल÷टूर कम्पनीहरु विक्रेताका रुपमा सहभागी गराई बी टु बी कार्यक्रम समेत सञ्चालन गर्ने गरी तयारीको काम गरिसकिएको छ, ’थापाले भने ।

    कार्यक्रमको उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर प्रांगणमा बिहीबार (आज) बिहान ९ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने उनले बताए । उद्घाटन सत्र पश्चात लुम्बिनीको होटल पवन प्यालेसमा बी टु बी कार्यक्रम आयोजना हुने र सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनार हुने नाट्टाले जनाएको छ ।

    बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टूर/ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर/ट्राभल कम्पनीहरुसँग व्यापार साझेदार गर्ने सम्भावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन थप मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । 

    नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल माट लुम्बिनीलगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij