images

शुक्रवार, चैत्र १६ गते २०८०

कुञ्जपार्कमा रमाउँदै आन्तरिक पर्यटक

कुञ्जपार्कमा रमाउँदै आन्तरिक पर्यटक

images
images
images
आइतवार, पौष २६ २०७७
आइतवार, पौष २६ २०७७
  • कुञ्जपार्कमा रमाउँदै आन्तरिक पर्यटक

    भैरहवा । करिब ५ वर्ष अगाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको कुञ्ज पार्क घना जंगलको रुपमा रहेको थियो। पर्यटकीय सम्भावना बोकेको भए पनि आर्थिक अभावका कारण कुञ्जपार्क पार्कको रुपमा बिकास हुन सकेको थिएन। तर, त्यही घना जंगल अहिले भने पर्यटकीय केन्द्रको रुपमा बिकास भएको छ।

    images
    images
    images

    झरना स्पोटर्स क्लबले कुञ्ज पार्कलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरेको हो। पार्कलाई व्यवस्थित बनाउन तिलोत्तमा नगरपालिकाले केही मात्रामा आर्थिक सहयोग गरेको छ। अहिले यो पार्क सुन्दर र रमणीय केन्द्रको रुपमा विकास भएको छ।
    कुञ्ज पार्क स्थानीय दुर्गा मन्दिरको नाममा रहेको जमिनमा बनेको भए पनि झरना स्पोटर्स क्लवले यसलाई सञ्चालनमा ल्याएको छ।

    पर्यटकीय केन्द्रको रुपमा विकास गर्न र आम नगरवासीलाई केही समय भए पनि घुम्न तथा रमाउन सहज होस भन्ने उद्देश्यले क्लबको सहकार्यमा पार्क सञ्चालनमा ल्याएको क्लबका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार छत्र बहादुर दर्लामीले उल्लेख  गरे।
    पर्यटकीय कुञ्ज पार्कमा बस्दै पूर्व अध्यक्ष दर्लामीले भने ‘यही ठाँउ हो ५÷७ वर्ष अगाडिसम्म घना जंगल थियो, तर हेर्नुस त अहिले सयौ जना रमाइरहेका छन् । केही वर्ष अगाडिसम्म जंगलको रुपमा रहेको यो ठाउँलाई पार्कको रुपमा देख्न पाउँदा निकै खुशी लागेको छ ।’

    Kunga Park (4).JPG

    कुञ्ज पार्कमा रहेको पोखरी आर्कषणको केन्द्रको रुपमा रहेको छ। त्यसै गरी वरीपरी रहेका विभिन्न जातका फुल विरुवा तथा स–साना बालबालिका खेल्नका लागि राखिएका पिङ तथा चिप्लेटीले पनि त्यहा पुग्ने सबैलाई आर्कषित गरेको छ। यो पार्क ३ बिगाह क्षेत्रफलमा रहेको छ।

    पार्क व्यवस्थित भएपछि अहिले आन्तरिक पर्यटकहरुको घँुइचो लागेको छ। लामो समयसम्म लकडाउनका कारण घरमा बस्दा दिक्क लागेको थियो भैरहवाबाट कुञ्जपार्क घुम्न गएका केशव भण्डारीले खबरपात्रोसंग भने अहिले निकै आनन्द आएको छ। उनले एक दिन घुम्नका लागि कुञ्जपार्क उपयुक्त गन्तव्य भएको बताए। 

    Kunga Park (5).JPG

    पर्यटकको घुँइचो लागेपछि पार्कसंग जोडिएको ४ बिगाह जग्गालाई पनि लिजमा लिएर थप व्यवस्थित पार्कको रुपमा निर्माण गर्ने सोचमा रहेको झरना स्पोट्स क्लबका अध्यक्ष लोक पुनले उल्लेख गरे  क्लबले उक्त स्थानलाई पार्कको रुपमा विकास गर्न झण्डै १० वर्ष लागेको अध्यक्ष पुनको भनाइ छ। पार्कमा आन्तरिक पर्यटकको घुईचो बढ्न थालेसंगै अहिले पार्कको छेउमा रहेको ३ बिगाहा जग्गालाई पनि लिजमा लिइएको उनको भनाइ छ। तर, उनले त्यसका लागि आवश्यक बजेटको अभाव रहेको बताए।

    यो पार्क व्यवस्थित बनेसंगै आन्तरिक पर्यटकहरु अत्याधिक मात्रमा आउन थालेकाले यो ठाउँ प्रयाप्त नहुने भए पछि नजिकै रहेको विद्यालयको जमिनलाई  क्लबले लिजमा लिएको बताउदै अध्यक्ष पुनले यसका लागि तिलोत्तमा नगरपालिकाको सहयोगको अपेक्षा गरिएको बताए। हरेक दिन जसो पर्यटकको घुँइचो लाग्ने गरेको छ, अध्यक्ष पुन भन्छन्, ‘शुक्रबार र शनिबारका लागि पिकनिक तथा अन्य कार्यक्रम गर्नुप¥यो भने अघिल्लै दिन बुक गर्नुहुन्छ।

    Kunga Park (1).JPG

    यस पार्कमा घुम्नका लागि तिलोत्तमा नगरपालिकाबाट मात्र नभइ बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालीकाका, ओमसचिया गाँउपालिका लगाएतका स्थानबाट पर्यटकहरु आउने गरेको पुनले बताए। 

    पार्कमा पिकनीक तथ भोजका लागि आउनेहरुले पार्कले तोेकेको रकम तिरे ग्यास, दाउरा, भाडाकुडाको समेत व्यवस्था गरिएको पुनले बताए।  कोरोनाका कारण गरिएको लकडाउन खुलेसंगै मानिसहरुको आउने क्रम बढेको पुनले बताए। पछि थप गरिएको चार बिगाह क्षेत्रफललाई जोडेर थप व्यवस्थित र आर्कषक पार्क बनाउन लागिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष पुनले पार्कलाई व्यवस्थित गर्न हालसम्म झण्डै डेढ करोड रुपैयाँ खर्च गरिएको बताए।

    उनले उक्त पार्कलाई नाईट पार्कको रुपमा समेत विकास गर्न लागिएको बताए। पार्कमा आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण मिलाउनका लागि ग्रिनरी गार्डेन, म्युजियम, १५ सय अट्ने सभाहल, पानी आएको बेला बस्ने ब्याम्बो रिसोर्ट र लाइभ म्युजिकसहितको पार्क निर्माण गर्ने योजना रहेको बताए।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij