images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीको विश्व शान्ति दीप सगरमाथा आधार शिविरतर्फ      

लुम्बिनीको विश्व शान्ति दीप सगरमाथा आधार शिविरतर्फ      

images
images
images
बिहिवार, बैशाख २८ २०८०
बिहिवार, बैशाख २८ २०८०
  • लुम्बिनीको विश्व शान्ति दीप सगरमाथा आधार  शिविरतर्फ       

    भैरहवा, २८ वैशाख ।
    प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुवातमा प्रज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।

    images
    images
    images

    एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिशनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति दक्षिण एशियामा म्याराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा बौद्ध भिक्षुहरुबाट बौद्ध परित्राण पाठ गरी लुम्बिनी पिस फ्लेम नाम दिइएको शान्ति दीपको ज्योति टर्चलाईटमा प्रज्वलन गरी हस्तान्तरण गरेको हिमालय एक्सपिडिशनका संस्थापक एवं अध्यक्ष विक्रम पाँडेले बताए ।

    विश्व शान्ति दीप अर्थात लुम्बिनी पिस फ्लेम त्यहाँबाट बुद्ध जन्मस्थल मायादेवी मन्दिर र पवित्र पुष्करणी कुण्डलाई ७ फन्को लगाई तिलौराकोटतर्फ प्रस्थान गरेका थिए ।

    कीर्तिमानी धावक मानन्धरसहित खेलाडीहरु बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, रमेश सुनुवार, दिपक लामा, उमेश मानन्धरको टोलीले शान्ति दीपको ज्योति  लुम्बिनीबाट तिलौराकोटा कपिलवस्तु, सिद्धार्थनगर (भैरहवा), रामग्राम (नवलपरासी), चितवन, धादिङ, काठमाडांै हुँदै मे २९ तारिख सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पुर्याउने छन् । 

    म्याराथन सुरु हुनुअघि लुम्बिनीबाट पुर्याइएको विश्व शान्ति दीपको ज्योतिको पूजा गरी म्याराथन सुरु हुनेछ । त्यहाँ स्वदेशीसहित १७५ बढी विदेशी धावक र विभिन्न देशका राजदुतहरुले प्रत्यक्ष रुपमा लुम्बिनीबाट ल्याइएको पिस फ्लेमको दर्शन गर्ने र यो कार्यले लुम्बिनी र सगरमाथा एकआपसमा जोडिने अध्यक्ष पाँडेले बताए ।

    २०७२ सालको भुकम्पपछि लुम्बिनीबाट शान्ति दीपको ज्योति सगरमाथाको आधार शिविरमा मे २९ तारिखका दिन पुर्याइने गरिएको र केही समय कोरोना संक्रमणका कारणले एभरेष्ट म्याराथन हुन सकेको थिएन । एभरेष्ट म्याराथन सगरमाथाको आधार शिविरबाट सुरु भइ नाम्चे बजारमा आएर टुंगिन्छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij