images

सोमवार, बैशाख २४ गते २०८१

७ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

७ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

images
images
images
शनिवार, बैशाख ३० २०८०
शनिवार, बैशाख ३० २०८०
  • ७ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

    भैरहवा, ३० वैशाख ।
    ७ बुंदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट–२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघ–संस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

    images
    images
    images

    सन २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणापत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो । ७ बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनी) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरूसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।

    त्यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका ४ प्रमुख पवित्र स्थलहरु लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनको लागि साझा कथाहरू÷कथाहरू विकास गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरु समेटिएका छन् ।  

    मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र विक्रेताहरुको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउनेसमेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिडपछि सिथिल भएको पर्यटनलाई पुर्नजागृत गर्न र लुम्बिनीको महत्वलाई थप गजागर गर्न सहयोग पुग्ने हाम्रा् अपेक्षा छ, ’ उनले भने ।
    लुिम्बनी विश्वविद्यालयका डीन डा.मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले यस बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए ।

    कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा.डा. हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाललगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण प्रोडक्टका रुपमा विकास हँदै गइरहको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताए । मार्टका अवसरका विभिन्न क्षेत्रका बौद्ध स्कलरहरुले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशहरुसँगको सहकार्य लगायका विभिन्न विषयमा सेशेनहरु सञ्चालन भएका थिए ।

    मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठीले उद्घाटन गरेका थिए । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया , बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल/टूर कम्पनीहरु सहभागी रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिए । मार्टमा विदेशी ट्राभल/टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनिधीहरु, नेपाल पर्यटन बोर्डका अधिकारीहरु, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ÷ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागीता रहेको र सो अवसरमा अवसरमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको भुसालले जानकारी दिए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij