images
images

सोमवार, जेठ ७ गते २०८१

२०२३ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तव्यमा मुस्ताङ पनि

२०२३ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तव्यमा मुस्ताङ पनि

images
images
images
आइतवार, बैशाख ३१ २०८०
आइतवार, बैशाख ३१ २०८०
  • २०२३ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तव्यमा मुस्ताङ पनि

    काठमाडौं, ३१ वैशाख । 
    सन २०२३ का लागि घुम्नैपर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोटअनुसार सन २०२३ मा घुम्नैपर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नैपर्ने ठाउँमध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ ।  

    images
    images
    images

    नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ । 

    तल्लो मुस्ताङको जोमसोमको सानो सहरकोमाथि रहेको छ । यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन । लक्जरी खोज्नेहरूदेखि परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिसोर्टहरु रहेका छन् ।
    पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।

    मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ । काठमाडौंबाट १२ घन्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्राभन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ ।

    सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरुलाई उल्लेख गरेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij