
आइतवार , पौष २६, २०७७
भैरहवा, २६ पुस ।
सिद्धार्थनगर नगरपालिकाको आठौं नगरसभा आइतबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ मा हालसम्म सम्पादन भएका कार्यहरुको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि छलफल भइ उठेका प्रश्नहरुको जवाफ र निर्णयार्थ प्रस्तुत भई प्रतिवेदन पारित भएको थियो ।
नगरसभामा सिद्धार्थनगर नगरपालिकाको वातावरण सम्बन्धी विधेयक पेश भएकोमा छलफलपछि पारित भएको थियो । त्यसै गरी राजस्व छुट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव पनि पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को बजेट शंशोधन पनि गरेको छ । नगरसभा सदस्य सुवोध तुलाचनको मृत्युमा शोक प्रस्ताव पेश गरी पारित पनि सभाले गरेको थियो ।
सभामा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ, जीवन अर्याल, वडा अध्यक्षहरु, वडा सदस्यहरु उमेश थापा, दिपक श्रेष्ठ, रुपा पुन, वेद प्रसाद सापकोटा, कुमार गुरुङ, हरिमाया गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम सुचना अधिकृत देव ज्ञवालीको सञ्ञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij