२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अध्ययन अवलोकन भ्रमणका लागि संगठनको टोली गोरखा प्रस्थान

बुधवार , जेठ ३, २०८०

भैरहवा, ३ जेठ ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) को टोली अध्ययन अवलोकन भ्रमण तथा अन्तर चेम्बर भेटघाट कार्यक्रमका लागि गोरखाको बारपाक प्रस्थान गरेको छ । टोली बुधबार बिहान भैरहवादेखि गोरखातर्फ प्रस्थान गरेको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

वार्षिक कार्ययोजनाअन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न चेम्बर अफ कमर्सबीच थप प्रगाढ सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोरखा, पोखरालगायतको स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको संगठनका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए । ‘उद्योगी-व्यवसायीको हकहितमा काम गरिरहेको संगठनले पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम गरिरहेको छ, सोहीअनुरुप अध्ययन अवलोकन भ्रमण कार्यक्रम तय गरिएको हो, ’रेग्मीले भने ।

WhatsApp Image 2023-05-17 at 1.31.12 PM.jpeg

चारदिने भ्रमण टोलीमा २० जनाको सहभागीता रहेको संगठनका महासचिव सचिन रोक्काले जानकारी दिए । यसअघि पनि संगठनको टोली अध्ययन अवलोकन भ्रमणका लागि विभिन्न स्थान पुगेको वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले बताए ।