२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनीमा १ सय ५० जना राप्रपामा प्रवेश

सोमवार , पौष २७, २०७७

भैरहवा, २७ पुस । 
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा एकसय ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, स्थायी समिति सदस्य प्रदिप उदय, केन्द्रीय सदस्य गंगाराम जैसवाल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले पार्टीमा प्रवेश गराए ।

राप्रपा लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता बोहराले ताजा जनादेशमा गए मुलुकले निकास पाउने बताए ।  त्यस्तै राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पछिल्लो समय राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तोयानाथ लम्साल, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष चन्द्रशेखर पाण्डे, युवा नेता निरज प्रताप खांण, अर्जुन थापा, उमापति बरई, सौरभराज भण्डारी, मेघनाथ आचार्य लगायतको उपस्थिति रहेको थियो ।