२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक’

सोमवार , पौष २७, २०७७

भैरहवा, २७ पुस ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्र तथा प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई नेपाल रोडाढुंगा उद्योग व्यवसायी संघ रुपन्देहीले सोमबार भैरहवामा गरेको सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले क्रसश व्यवसायीहरुलाई व्यवस्थापन गर्न आग्रह गरे । 
संघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली, संघका सल्लाहकार चन्द्रमणी अधिकारी (रामु), उपाध्यक्ष टंक अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिपक पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ र एशोसियट सदस्य राजेश कुमार अग्रवाललाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफुहरुमाथि ठुलो जिम्मेवारी आइपरेको बताए । कोभिड–१९ का कारण सबैजसो क्षेत्र धरासायी बनेको भन्दै राजनीतिक कार्यक्रममा मानिसको भिड गराउन मिल्ने भएपछि भन्सार खोल्न अहिलेको आवश्यकता भएको बताए । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष ज्ञवालीले पछिल्लो समय खानी तथा क्रसर उद्योगीको समस्या निकै गम्भिर रुपमा देखिएको बताए । नीजि क्षेत्रका ठूलो लगानी डुबेको अवस्थामा पनि सरकार गम्भिर नभएको उनले आरोप लगाए । 

संघका सल्लाहकार हरिराम कशौधनले नयाँ निर्वाचित पदाधिकारीहरुलाई चुनौति र अवसर दुवै भएको बताए । यस क्षेत्रमा उद्योग व्यवसायमा खारिएका अनुभवी उद्योगी, व्यवसायीहरु चुनावमा निर्वाचित भएकाले पनि उद्योगीहरुको समस्या समाधानमा पहल गर्नेमा आफुहरु आशावादी रहेको बताए । एशोसियट सदस्य राजेश कुमार अग्रवालले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको बताए । सरकारबाट तय गरिएको मापदण्ड अनुसार क्रसर ब्यवसाय व्यवस्थापनमा कठिनाई रहेको भन्दै उनले संस्थागत रुपमा बीचको बाटो खोज्न पहल गर्ने बताए । जिल्लामा ४१ वटा क्रसर व्यवसायी छन भने विगत ५ वर्षदेखि सरकारले नविकरण रोकेको छ ।