२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

अत्यावश्यक बाहेक नयाँ भवन निमार्ण गरिने छैन: अर्थमन्त्री

सोमवार , जेठ १५, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • काठमाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले नयाँ भवन निमार्ण नगरिने घोषणा गरेका छन् ।

    आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सवैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् ।

    ‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन। आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिने छैन।’

    उनका अनुसार इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ। नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ।