२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

चार दिनमा सुनको मूल्य ४ हजार ५ सय घट्यो

मंगलवार , पौष २८, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, २८ पुस । केहीदिन यता कारोबार बढेपनि सुनको मुल्यमा गिरावट आउने क्रम जारी छ। आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

    नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार सोमबार मात्रै सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार पछिल्लो पाँच दिनमा मात्रै सुनको भाउ ४ हजार ५ सय रुपैयाँले घटेको छ।

    गएको बुधबार सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी सोमबार भने १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।

    केही समय अघि उकालो लागेर १ लाख नाघेको सुनको मुल्यमा हाल भने लगातार गिरावट आईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बजारमा सुनको मुल्यमा कमि आएसँगै पारखीहरुको भिडभाड बढ्न थालेको छ भने खरिद बिक्रि पनिबढेको महासंघले जनाएको छ।