images

शुक्रवार, बैशाख १४ गते २०८१

भैरहवामा जनउत्थानको कार्यालय भवन शिलान्यास

भैरहवामा जनउत्थानको कार्यालय भवन शिलान्यास

images
images
images
शुक्रवार, जेठ १९ २०८०
शुक्रवार, जेठ १९ २०८०
  • भैरहवामा जनउत्थानको कार्यालय भवन शिलान्यास

    भैरहवा, १९ जेठ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा कार्यालय भवन शिलान्यास गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित शिवपथमा निर्माण हुने भवनको शुक्रबार सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी र सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

    images

    सहकारीकी सचिव सरु रानाकाअनुसार ४३ धुर जग्गामा जनउत्थानको कार्यालय भवनबाट आगामी ३ महिनापछि सेवा सुरु गर्ने तयारी गरिएको छ । उनले भवनबाट भैरहवा पहुँच सेवा केन्द्र सञ्चालन हुने जानकारी दिइन् ।

    कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले असहज परिस्थितिमा काम गर्ने संघ–संस्थाको अझ मूल्यांकन हुने बताइन् । उनले सहकारीमार्फत महिलाका लागि सीपमूलक तालिम सञ्चालनका लागि रु. १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरिन् । उनले भनिन्, ‘चिनेजानेको भरमा भन्दा पनि सहकारीको बारेमा राम्रोसँग बुझेर मात्रै बचत जम्मा र पुँजी लगानी गर्नुहोस् ।’  सिद्धार्थनगर नगरपालिकामा दर्ता भएका सहकारीमा खासै समस्या नभए पनि बाहिरबाट आएर सञ्चालित सहकारीमा भने समस्या देखिएको उनको भनाइ छ । सहकारी अनुगमन कार्यलाई निरन्तरता दिइएको उपप्रमुख अधिकारीले बताइन् । जनउत्थान सहकारीले राम्रो कार्य गरिरहेको उनले बताइन् ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएकाले स्थानीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले जनउत्थान सहकारी जस्तै अन्य सहकारीहरुले उदाहरणीय कार्य गर्नुपर्नेमा जोड दिए । एसपी वि.क.ले सहकारी संस्थामा आबद्ध हुन जाँदा संस्थाको बारेमा बुझ्न आग्रह गरे । उनले धेरै ब्याज पाउने लोभमा दुःख गरेर कमाएको पैसा जथाभावी लगानी हुन नपाउने गरी सजग रहनुपर्ने बताए । उनले जनउत्थान सहकारीले पाँच थान बेरिकेड उपलब्ध गराएका र यसले शान्ति सुरक्षा कायम गर्न तथा प्रहरीलाई चेकजाँच गर्न सहयोग पुर्याउने बताए । उनले भने, ‘जनउत्थान सहकारीले जनमुखी सेवा प्रदान गर्दै जाओस्, सहकारीले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । नगरलाई हराभरा बनाउने उद्देश्यले विभिन्न कार्यक्रम गरेको छ । ’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले स्थापनाकालदेखि जनउत्थान सहकारीले राम्रो काम गर्दै आएको बताए । उनले कतिपय सहकारीका सञ्चालक भागेको अवस्था रहेकोले शंका उत्पन्न भएको बताए । 

    जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारीले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको बताइन् । उनले ३१ जना सदस्यहरुबाट सुरु भएको सहकारीमा हाल ४० हजार जना शेयर सदस्यहरु रहेको बताइन् । अध्यक्ष पौड्यालले संस्थाको पुँजी ३ अर्ब २९ करोड र जगेडा कोषमा २४ करोड रहेको बताइन् । उनले भनिन्, कोभिड–१९ मा कृषि एम्बुलेन्समार्फत घरघरमै एम्बुलेन्स सञ्चालन गरेका थियौं । जनउत्थान सहकारीले वित्तीय कारोबारसँगै सामाजिक कार्य गर्दै आएको उनको भनाइ छ । उनले सबैको सदभाव र सहयोग भए सहकारीले अभलै राम्रो काम गर्ने सक्ने बताइन् ।

    सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले उत्कृष्ट व्यवस्थापन र शेयर सदस्यको निरन्तर निगरानीका कारण संस्था यहाँसम्म आइपुगेको बताए । उनले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताए ।
    सहकारीकी भैरहवा पहुँच सेवा केन्द्र संयोजक शान्ति अधिकारीले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार संस्था अघि बढ्ने बताइन् ।

    IMG_8524.JPG
    IMG_8537.JPG

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पाँच जना बेरिकेड हस्तान्तरण गरिएको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए । त्यस्तै कार्यक्रममा ३ वटा विद्यालयलाई विद्यालय विकास अक्षयकोष, ३ वटा आमा समूहलाई आमा समूह विकास अक्षयकोष, ३ वटा युवा क्लबलाई युवा विकास अक्षयकोष, नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमा–१४ कोटिहवालाई अनाथ आश्रम अक्षयकोष हस्तान्तरण गरिएको थियो । त्यसै गरी ७ वटा महिला समूहलाई सरसफाई सामग्री (डस्टबीन) हस्तान्तरण गरिएको समूहले जनाएको छ । कार्यक्रममा ऋण बीमा हस्तान्तरणसमेत गरिएको थियो ।

    IMG_8547.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij