शुक्रवार, आश्विन ५ गते २०८०

रुपन्देहीमा लोकतान्त्रिक साना होटल व्यवसायी संघ गठन

रुपन्देहीमा लोकतान्त्रिक साना होटल व्यवसायी संघ गठन

images
images

खबर पात्रो

२०, जेठ २०८०
  • 1.8K
    SHARES
  • रुपन्देहीमा लोकतान्त्रिक साना होटल व्यवसायी संघ गठन

    बुटवल, २० जेठ ।
    नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघको रुपन्देहीमा तदर्थ समिति गठन गरिएको छ । 
    नेपाली काँग्रेस निकटका जिल्लाका होटल व्यवसायीहरुको शुक्रबार बुटवलमा भएको भेलाले शिवराज पोखरेल संयोजक रहेको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 

    तदर्थ समितिको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे र मीना बस्याल, सचिवमा रुपा भण्डारी र नवराज गौतम, कोषाध्यक्षमा ज्ञानप्रसाद खनाल, सह–सचिवमा कृष्णप्रसाद गैरे र सह–कोषाध्यक्षमा जनक पाण्डेलाई चयन गरिएको छ । 

    images
    images

    त्यस्तै सदस्यहरूमा जय कँडेल, सन्तोष खड्का, अर्जुन भण्डारी, लक्ष्मण अर्याल र तुलसी चौधरी रहेका छन् । भेलाले केन्द्रीय प्रतिनिधिमा अर्जुन पोखरेल र प्रदेश प्रतिनिधिमा थमन भण्डारीलाई चयन गरिएको छ । 

    कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका उपभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले काँग्रेस निकटका व्यवसायीहरुबीच आपसी सदभाव बढाउन र एकताको सुत्रमा बाँध्ने काममा संस्थाले भूमिका खेल्न आग्रह गरे । उनले अहिले आर्थिक मन्दीका कारण धेरै व्यवसायी निराश भइरहेको अवस्थामा उनीहरुको व्यवसाय कसरी बचाउन सकिन्छ त्यसमा पनि भूमिका खेल्न आग्रह गरे । उनले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गरी भारतसँग उडान जोड्नुपर्ने बताउँदै यसले पर्यटक आवागमनमा वृद्धि हुने र यसको फाइदा नेपाली व्यवसायीले लिन सक्ने बताउँदै विमानस्थल चल्यो भने ठूलासँगै साना होटल पनि चल्ने र आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायी मात्रै नभएर सबैले त्यसको लाभ लिन सकिने बताए । 

    नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रक्रिया पुरा गरेर जिल्ला अधिवेशन गर्ने र त्यसमा जिल्लाको सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, होटेल व्यवसायी कृष्ण पाण्डे लगायतले बोलेका थिए ।

     

    images
    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - ०७:३२:२२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij