२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

डोजर लगाउँदा भएको व्यवसायिक क्षतिप्रति बुटवल उवासंघको ध्यानाकर्षण

मंगलवार , पौष २८, २०७७

बुटवल, २८ पुस । 
सडक विस्तारको नाममा डोजर चलाएर घर भत्काउँदा पेशा व्यव्साय गरी बसेका व्यवसायीलाई भएको हानी नोक्सानीप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सडक मापदण्ड कायम गरी घरटहरा हटाउने कार्य स्वभाविक भए पनि सरकारी मापदण्ड पुरा गरी स्थानीय तहमा नक्सा पास समेत गरेर बनाएका संरचना हटाउँदा मुआब्जा प्रदान गर्नुपर्ने सम्मानित सर्वोच्च अदालतले दिएको आदेशको मसि सुक्न नपाउँदै ती घरमा पेशा व्यसाय सञ्चालन गरेर बसेका व्यवसायीलाई सामान सार्न समेत समय नदिई आदेशको कार्यान्वयनको नाममा डोजर चलाउनु मानवता विरोधी कार्य भएको संघले बताएको छ ।

सडक बिस्तारको काम अंगाडी बढाउने पक्षमा फैसला गरेलगत्तै आइतबार बुटवलको राजमार्गमा पर्ने घरमा डोजर लगाएर भत्काइएको थियो । बुटवल उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै अर्थव्यबस्था सञ्चालनमा सरकारको अभिन्न साझेदारको रुपमा रहेको नीजि क्षेत्रप्रति भएको व्यवहारले त्रसित बनाएको र नीजि क्षेत्रको योगदान तथा भूमिकाप्रति नजरअन्दाज गरिएको महसुस गरिएको उल्लेख गरिएको छ । सरकार सञ्चालनको प्रमुख स्रोत कर तथा राजश्वका मुख्य माध्यम करदातालाई अपमान र हिनताबोध नहुने गरी संयमता र शालिनता अपनाउन समेत अपिल गरिएको छ ।