
मंगलवार , पौष २८, २०७७
भैरहवा, २८ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ ले खजहना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडा समिति वडा नम्बर ३ को आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
वडाअध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले जाडो समयमा विद्यार्थीलाई ठुलो राहत भएको बताए । कार्यक्रममा उपप्रमुख उमा काफलेले वडा नम्बर ३ को भुमिका राम्रो भएको बताइन् ।
कार्यक्रममा दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रा लगायतले बोलेका थिए । कार्यक्रममा टोल सुधार समितिका पदाधिकारी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
वडा नम्बर ३ का वडा सदस्य रुपा पुनको स्वागत तथा वडा सचिव रामलाल भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij