२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपाली काँग्रेसले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्छ : सभापति देउवा

बुधवार , पौष २९, २०७७

सिन्धुपाल्चोक, २९ पुस ।
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा आफ्नो पार्टीले अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका छन् । लोकतान्त्रिक मुल्य मान्यता अनुरुप अदालतलाई स्वतन्त्र मान्ने नेपाली काँग्रेसको नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहर्ष स्वीकार गर्ने बताए ।  

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले भने, ‘अदालतले स्वतन्त्र रूपमा निर्णय गर्न पाउनुपर्छ । आफ्नो पार्टीले अदालतलाई सडकबाट धम्क्याउने काम नगर्ने स्पष्ट पार्दै सभापति देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले संसद् पुनःस्थापना वा निर्वाचन भएमा पनि पछि नहट्ने बताए । 

सभापति देउवाले भने, ‘प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्छौं, संसद पुनःस्थापनाको माग गर्दछौं तर मुलुक निर्वाचनमा गए पनि हामी तयार छौं । नेपाली काँग्रेस सबै विकल्पहरु फेस गर्न तयार छ । 
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि संसद् विघटन गरेर भालुको रिस खन्यू माथि भन्ने उखान चरितार्थ गरेको बताए ।