images

बुधवार, बैशाख १९ गते २०८१

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

images
images
images
मंगलवार, जेठ ३० २०८०
मंगलवार, जेठ ३० २०८०
  • नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

    भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न भएको १३ महिला पछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले मलेसिया भैरहवा काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।नेपाल वायु सेवा निगमले पहिलो पटक गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट व्यवसायिक नियमित उडान गरेको हो । 

    images

    मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेकोे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान पौने  ९ बजे भैरहवास्थित बिमानस्थलमा  अवतरण गरेको थियो । 

    बिहान साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो गरी अवतरण गरेको थियो । विमानबाट १ जना बिजनेश क्लास ३० जना ईकोनोमि क्लासका गरी ३१ जना यात्रु भेरहवा झरेका थिए भने ६० जना यात्रु भैरहवाबाट काठमाण्डौ लगेर अवतरण गरिएको थियो । 

    नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तराष्ट्रिय उडान भएकाले याक्रहरुलाई  पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका थिए । 
    भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडेको थियो । 

    विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं अवतरण गर्ने छन् । 

    नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले निगमले अहिले मलेसिया भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ रहेको बताए । उनले  अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको बताए । 

    मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहेको छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

    निगमका उपनिर्देशक तथा प्रवत्ता पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताए । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij