२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वायु सेवा निगमले बिमान खरिद गरेरै छाड्छ : मन्त्री किराती 

मंगलवार , जेठ ३०, २०८०

भैरहवा, ३० जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कुनै पनि हालतमा नेपाल बायु सेवा निगममा नयाँ जहाज किनेर छाड्ने बताएका छन् ।

 निजी बिमान कम्पनीको स्वार्थमा निगममा नयाँ बिमान खरिद हुन नदिन षड्यन्त्र भइरहेकोे भएपनि त्यसलाई चिर्दै बिमान खरिद गर्ने बताएका छन् ।

 मंगलबार नेपाल बायु सेवा निगमको बिमान मलेसिया भैरहवा अवतरण पछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री किंराँतीले आफु स्वच्छ छविको व्यक्ति भएकाले बिमान खरिदमा कुनै खालको घोटला हुन नदिने बताए  । 

मन्त्री किराँतीले बिमान किन्न नदिन थुप्रै षड्यन्त्रहरु भएपनि ऐन अनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गरिने बताए । उनले बिमान किन्नै पर्छ, बिमानसम्म पनि किन्न नसके मन्त्रालय खारेज गरे हुने बताएका छन् ।

निजी कम्पनीको भाडादर ज्यादै महंगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्नेमा बताउँदै मन्त्री किंराँँतीले सानाठूला गरी कम्तीमा ५० वटा बिमान निगमको हुनुपर्ने बताएका छन् ।

भारतसँग हवाई रुट प्राप्तिका लागि सरकार लागि परेकाले छिटै बिमानस्थलबाट नियमित उडान हुने आश्वासन मन्त्री किँरातीले बिमानस्थलमा नियमित र पुर्ण क्षमतामा संचालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् । 

भएका बिमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन, बजारीकरण र प्रचारको गति बढाएर अन्तर्राष्ट्रिय जगतमा बिश्वास दिलाउनुपर्ने अवस्था छ– उनले भने  । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताएका छन् । 

कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको लिखित धारणा राख्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नु पर्नेमा जोड दिइन् । उनिले नियमित उडान नहुदा निजी क्षेत्रले पर्यटन, कृषि र अन्य व्यवसायमा करिब ८० अर्ब लगानी संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने बताइन् । 

नियमित रुपमा अन्तराष्ट्रिय उडान शुरु भएपछि नीजि क्षेत्र पनि केहि उत्साहित देखिएको छ । निजी क्षेत्रले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले पुर्ण क्षमतामा नियमित रुपमा सञ्चालन गर्न माग गर्दै आएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद शर्माले बिमानस्थल सञ्चालनमा नआउदा नीजि क्षेत्रको अर्बौ लगानी डुब्ने अबस्थामा रहेको बताउदै नियमित उडानका लागि आवश्यक पहल गर्न सरकारसंग माग गर्नुभयो ।