२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

शाइन रेसुङ्गा बैंकको अध्यक्षमा थानेश्वर पौडेल

बुधवार , पौष २९, २०७७

बुटवल, २९ पुस ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । कालिकानगरस्थित बैंकको नवनिर्मित आफ्नै भवनमा सम्पन्न साधारणसभाले नयां सञ्चालक समिति सदस्य र अध्यक्ष सर्वसम्मत चयन गरेको छ ।  

आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट मोहन चापागाई र विरेन्द्र विष्ट चयन भएका छन् । श्रेष्ठ र विष्ट नयाँ सञ्चालक हुन् । 

एकजना विज्ञ (स्वतन्त्र) सञ्चालक सदस्य पछि चयन गरिनेछ । साधारणसभामा बोल्दै बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकका रुपमा छुट्टै पहिचान स्थापित गरेको बताए । 

बैंकको शेयर पुंजी ३ अर्ब १ करोड ६३ लाख ४ हजार रुपैया निक्षेप ३२ अर्ब २९ करोड २४ लाख र कर्जा लगानी २७ अर्ब ११ करोड ५३ लाख रहेको छ । २०७७ असार मसान्तसम्म बैंकको चुक्ता पुंजी ३ अर्ब १ करोड ६३ लाख ४० हजार रहेकामा कूल सञ्चित वितरणयोग्य मुनाफाबाट १३ प्रतिशतले हुने रकम रु. ३९ करोड २१ लाख २४ हजार बोनश शेयर वितरणका लागि साधारणसभामा प्रस्ताव गरिएकोमा पारित भएको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी ३ अर्ब ४० करोड ८४ लाख पुग्ने छ । 

बैंकको कूल सम्पत्तिमा गत वर्ष भन्दा ६४.३० प्रतिशतले बृद्धि भई ३५ अर्ब २६ करोड ९४ लाख पुगेको छ भने कूल निक्षेपमा गत वर्ष भन्दा ६१.७६ प्रतिशतले बृद्धि भई ३० अर्ब ५८ करोड ९६ लाख पुगेको छ । यस्तै कूल कर्जा तथा सापटमा गत वर्ष भन्दा ५४.२३ प्रतिशतले वृद्धि भइ २५ अर्ब २ करोड ८२ लाख पुगेको छ । बैंकको खुद मुनाफामा गत वर्ष भन्दा १.९८ प्रतिशतले बृद्धि भई ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

हाल ७१ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सुदूर पश्चिम प्रदेशमा पनि शाखा सञ्जाल विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।