२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बुटवल उद्योग वाणिज्य संघमा डिजिटल भुक्तानी सेवा सुरु

बुधवार , पौष २९, २०७७

बुटवल, २९ पुस । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ । संघका सदस्य उद्योगी व्यवसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो ।

संघमा डिजिटल भुक्तानीको लागि ई–सेवासंग सम्झौता गरेर सेवा सुरु गरिएको संघका कार्यकारी निर्देशक मदन कुमार कार्कीले जानकारी दिए । संघको सदस्यता नविकरण, नयाँ सदस्यतासहित संघले सञ्चालन गरेको व्यवसायिक सेवा केन्द्र (ओ.एस.एस.) अन्र्तगत प्रदान गरिने कम्पनी दर्ता, साना करदाताको कर भुक्तानी, ई–प्यान लगायतको सेवाको त्यसमार्फत सेवा शुल्क भुक्तान गर्न सकिने ई–सेवा बुटवल कार्यालयका प्रमुख गोविन्द खनालले जानकारी दिए । कार्यकारी निर्देशक कार्कीका अनुसार यो निःशुल्क सेवा हो, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

यस अंगाडीसम्म संघबाट लिने सेवाको कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो । ई–सेवासंगको सम्झौतासंगै अव सेवा शुल्क भुक्तानीको लागि कार्यालयमा धाइरहनुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यस्तै संघका सदस्य उद्योगी व्यवयासीलाई उसको व्यवसाय प्रतिष्ठानमा डिजिटल पेमेन्टकै लागि ई–सेवाले निशुल्क क्यु.आर. कोड समेत उपलब्ध गराउने भएको छ ।

त्यसै गरी बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको वेवसाईडटाई समेत डिजिटल भुक्तानीसंग जोड्ने योजना बनाएको छ । वेवसाईटमार्फत संघले जारी गर्ने सूचनाहरुसंगै वेवसाईटलाई विद्युतीय भुक्तानीमा जोड्ने योजना रहेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिए ।