२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

सामुदायिक विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म 

बिहिवार , जेठ ३२, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ३२ जेठ । 
    विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालयका कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् । गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । 

    विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् । गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन् ।

    विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवासुविधा बढाउनुपर्ने माग राखेका छन् ।