२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गौतमबुद्ध विमानस्थलको हवाई रुटबारे भारत सकारात्मक : राजदुत श्रीवास्तव

मंगलवार , आषाढ ५, २०८०

भैरहवा, ५ असार ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक रुपमा अघि बढिरहेको जानकारी दिएका छन् ।

योग दिवसका अवसरमा लुम्बिनीमा मंगलबार आायोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे सकारात्मक रूपमा छलफल भइरहेको जानकारी दिएका हुन् । हवाई रुटका बिषयमा सकारात्मक नतिजा आउनेमा आफु प्रतिबद्ध रहेको जनाए । उनले दुई देशबीचको साँस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोहीअनुसार भारत अघि बढिरहेको उल्लेख गरे ।

राजदुत श्रीवास्तवले योग भारतबाट सुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए । उनले नेपाल भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र नेपालका प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको हालै भएको भ्रमणले थप सम्बन्ध सुमधुर बनेको बताए ।