images

आइतवार, बैशाख १६ गते २०८१

कृषि क्षेत्रको बजेट कटौती गर्नु जनविरोधी काम : अखिल नेपाल किसान महासंघ

कृषि क्षेत्रको बजेट कटौती गर्नु जनविरोधी काम : अखिल नेपाल किसान महासंघ

images
images
images
मंगलवार, आषाढ ५ २०८०
मंगलवार, आषाढ ५ २०८०
  • कृषि क्षेत्रको बजेट कटौती गर्नु जनविरोधी काम : अखिल नेपाल किसान महासंघ

    भैरहवा, ५ असार । 
    अखिल नेपाल किसान महासंघ रूपन्देहीले किसानका हकअधिकार तथा कृषि विकासका विभिन्न माग राख्दै मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 

    images

    किसानका हकअधिकार तथा कृषि विकासका लागि काम गरिरहेका संस्थाहरू खारेज गर्ने निर्णय यथाशिघ्र सच्याउन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल किसान महासंघ रूपन्देहीका अध्यक्ष कृष्ण पन्थीले आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेटमा किसानको हकहित र अधिकार मुलुककै कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका केही संस्थाहरुमा बजेट विनियोजन नगर्ने र केही संस्था खारेज गर्ने निर्णयप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको बताए । 

    अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीले गठबन्धन सरकार किसानको हितमा भन्दा विदेशीलाई खुशी पार्ने गरी काम गर्दै आइरहेको जगजाहेर भएको बताए । उनले मलमा दिंदै आएको अनुदान कटौती गर्ने, कृषि क्षेत्रका बजेटहरु कटौती गर्ने र हाल आएर संस्थाहरु नै खारेज गर्ने जस्ता कृषि क्षेत्रमा निरन्तर प्रहार गर्ने किसान विरोधी काम गरिरहेको बताए । 

    ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पत्र पठाउने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij