२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

बुधवार , आषाढ ६, २०८०

पोखरा, ६ असार ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । 

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहनेछन् । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् । 

दक्षिण एसियामा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।