images

बिहिवार, बैशाख ६ गते २०८१

जसले लकडाउनको समेत प्रवाह नगरी होटल खोल्ने हिम्मत गरे

जसले लकडाउनको समेत प्रवाह नगरी होटल खोल्ने हिम्मत गरे

images
images
images
बिहिवार, माघ १ २०७७
बिहिवार, माघ १ २०७७
  • जसले लकडाउनको समेत प्रवाह नगरी होटल खोल्ने हिम्मत गरे

    भैरहवा । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि कोभिड–१९ संक्रमित हल्काफुल्का रुपमा देखिएका थिए । मुलुक बन्दाबन्दी (लकडाउन)को अवस्थामा थियो । कतिपय व्यापारिक प्रतिष्ठान चाहिं बन्दै भएका थिए । व्यापार व्यवसाय तथा उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार तथा कर्मचारीलाई कसरी तलब खुवाउने भन्ने कुराले उद्योगी व्यवसायिलाई पिरालिरहेको थियो ।

    तर, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मधवलियाका टेकबहादुर भण्डारी भने कोभिड–१९ र त्यसबाट सृजित लकडाउनको समेत प्रवाह नगरी आफ्नो काममा लागिरहे । जीवनको ३० वर्षे उर्जाशिल समय विदेशमा गुजारेका भण्डारी आफुले काम गर्दै आएको देशमा कोभिड–१९ को संक्रमण फैलिएसंगै नेपाल आए । कोभिड–१९ विश्वभर फैलिरहेका बेला उनी जापानमा थिए । भण्डारी २०७६ फागुनमा नेपाल आएका थिए । रोजगारीको सिलसिलामा झण्डै ३ दशक नेपाल बाहिर बसेका भण्डारी नेपाल आएपछि यत्तिकै बस्न सकेनन् ।

    जापानमा कोभिड देखिएपछि आफ्नो भुमि नेपाल आएका उनी त्यसपछि भने विदेश नजाने सोच बनाए । कोरोनाले घर फर्काएपछि आफ्नै देशमा केही गर्ने सोच बनाएर उनी कोरोना र लकडाउनको प्रवाह समेत नगरी आफ्नो कामलाई अगाडि बढाइरहे ।

    तिलोत्तमा–१५ मधवलियामा स्थायी घर भएका भण्डारीले घरमै होटल सञ्चालन गर्ने योजना बनाएर काम अगाडि बढाएको बताए । विदेशमा बस्दा होटल क्षेत्रमा काम गरेको बताउने उनले आफ्नो सिप प्रयोग गरेर व्यवसाय गर्ने गरी होटल खोल्ने गरी होटल बनाउन थालेको बताए ।  

    २०५३ सालमा गुल्मीबाट रुपन्देही झरेका भण्डारीले आफ्नो जिवनमा थुप्रै संघर्ष गरेको बताउँछन् । सुरुमै व्यापार व्यवसाय गर्ने सोच बनाएका भण्डारीले मधवलियामा घरसंगै किराना पसल खोले । आफ्नै घरमा खोलेको पसल राम्रोसंग चलेन । जसकाकारण उनले सुरु गरेको पसल व्यवसायबाट छिट्टै हात धुन पुगे । राम्रोसंग पसल नचलेपछि उनी केही समय गाडीमा पनि हिडे । गाडीमा उनी सह–चालकको रुपमा काम गरेको बताउँछन् ।

    भण्डारीले बुटवल दाङ चल्ने गाडीमा सह–चालकको रुपमा काम गरे । जीवन सोचेजस्तो त कहाँ हुदो रहेछ र, उनले भने ‘तराईमा गएर आफ्नै कुनै पेशा व्यवसाय गरौला भनेर गुल्मीबाट झरेर आयौं, तर व्यापार नचलेपछि गाडीमा सह–चालक हुन पुगियो ।’

    केही समय गाडीमा सह–चालकको रुपमा काम गरेका गाडीबाट पनि चाहे अनुरुपको पैसा कमाइ नभएपछि उनी भारततर्फ लागे । सुरुमा उनलनई भारत तथा अन्य तेस्रो मुलुक जाने विचार भने थिएन् । कसैगरी नेपालमा गरिएका कामबाट सन्तुष्टि नभएपछि भारत गएको भण्डारीले उल्लेख गरे । रोजगारीका लगि भारत गएका उनी काम गर्दै नेपालमा पढ्दै पनि गरे । त्यही सिलसिलामा उनले स्नातक सम्मको अध्ययन पनि पुरा गरे । भारतमा झण्डै ८ वर्ष काम गरे । भारतमा काम गरिरहेका बेला उनको मनमा धेरै पैसा कमाउने चाहना पलायो । त्यो चाहना पुरा गर्नका लागि उनी २०५० तीर दुवईतर्फ लागे । दुवईमा पनि स्वास्थ्यका कारण लामो समय काम गर्न नपाएको उनको भनाइ छ ।

    tequali.jpg

    images
    images
    images

    दुवईमा काम गर्न नसकेपछि उनी पुन भारत आए । ५ वर्षसम्म दुवई र भारतमा बसेको भण्डारी २०५५ मा अर्को मुलुक सिंगापुर लागे । टुरिष्ट भिसामा सिंगापुर पुगेका भण्डारीले त्यहाँ भने काम गर्न पाएनन् । टुरिष्ट भिसामै गएका अन्यले काम गर्न पाएकाले म पनि जागिर पाइएला भनेर गएको थिए, तर टुरिष्ट भिसामा काम गर्न नपाएपछि केही समय घुमेर नेपाल फर्किए ।

    यती हुँदा पनि उनलाई विदेशको हुटहुटीले भने छाडेन् । आफुसंग सिप भएका कारण उनलाई केही सहज भने थियो । ३÷४ बटा मुलुक पुग्दासम्म पनि आफुले सोचे अनुरुपको काम नपाएपछि उनी सन २००७ मा जापान हिंडे । जापानमा गएपछि भने उनको बसाई राम्रैसंग बित्यो । होटल क्षेत्रमा राम्रो ज्ञान भएका उनी जापानमा १३ बर्ष बसे । उनले जापानमा आफ्नै लगानीमा होटल व्यवसाय सञ्चालन गरेका थिए । आफुले विदेशी भुमिमा व्यवसाय सञ्चालन गर्ने तर, परिवार भने नेपालमा एक्लै भएकाले राम्रो हुँदाहुँदै पनि नेपाल आए, उनले भने–‘नेपालमै केही गर्नुपर्छ भन्ने हिसाबले नेपालमा आएर होटल सञ्चालन गरे ।’ फागुनमा नेपाल आएका भण्डारीले आएको अर्को महिनादेखि नै होटल बनाउन सुरु गरेका थिए ।

    नेपाली तथा जापानिज परिकारका लागि टकिला

    २९ वर्ष विदेशमा बिताएका भण्डारी अहिले आफ्नै परिवारका साथमा होटल सञ्चालन गरेका छन् । रुपन्देहीको मधवलियमा टकिला क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा ल्याएका छन् ।

    आफुसंगै श्रीमती र दुई छोरालाई साथमा लिएर उनले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको भण्डारीले बताए ।

    घर परिवारका साथ अन्य ६ जना व्यक्तिले रेष्टुरेण्टमा रोजगारी पाएका छन् । जापान लगाएतका देशमा होटलमै काम गरेको काम गरेको अनुभवका कारण नेपालमा आएर पनि होटल व्यवसायमा लगानी गरेको उनको भनाइ छ ।

    उनले रेष्टुरेण्ट सञ्चालनमा ल्याउँदासम्म ५० लाख जति खर्च गरेको बताए । होटलमा भित्र २०/२५ तथा बाहिर पनि त्यत्तिकै संख्यामा मानिसहरु बसेर खान सक्ने बताए ।

    दाजु श्यामबहादुर भण्डारीको प्रेरणा र मित्र कृष्ण भण्डारीको हौसलाले उर्जावान समय विदेशी भुमिमा बिताएको आफ्नै ठाँउमा काम गर्न सहज भएको उनले बताए ।

    नेपाली तथा जापानिज परिकारको उत्कृष्ट स्वादका लागि टकिलामा एक पटक सबैलाई आउन आग्रह गरे ।उनले रेष्टुरेण्ट सञ्चालनमा ल्याउदा सम्म ५० लाख जती खर्च गरेको बताए। होटलमा भित्र २०÷२५ तथा बाहिर पनि त्यत्तकै सङख्यामा मानीसहरु बसेर खान सक्ने बताए। दाजु श्यामबहादुर भण्डारीको प्रेरणा र साथि कृष्ण भण्डारीको हौषलाले उर्जावान समय बिदेशी भुमिमा बिताएको मलाई आफ्नै ठाँउमा काम गर्न सहज भएको बताए। 

    नेपाली तथा जापनीज परिकारको उत्कृष्ट स्वादका लागि टकिलामा एक पटक सबैलाई आउन आग्रह गरे। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij