images

आइतवार, बैशाख १६ गते २०८१

पोखरा आईपुग्यो सिचुवान एयरलाईन्सको जहाज

पोखरा आईपुग्यो सिचुवान एयरलाईन्सको जहाज

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • पोखरा आईपुग्यो सिचुवान एयरलाईन्सको जहाज

    पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तराष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ ।

    images

    चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो पोखरा अन्तराष्ट्रिय बिमानस्थलको लागि पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान हो ।  

    यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ ।

    यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । १ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उदघाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij