images

सोमवार, बैशाख १७ गते २०८१

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

images
images
images
बिहिवार, आषाढ ७ २०८०
बिहिवार, आषाढ ७ २०८०
  • भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

    काठमाडौं, ७ असार । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    images

    भारतीय फिल्म आदिपुरुषमा ‘जfनकि भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १२ असारमा बोलाएको छ । काठमामडौं महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा गत सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij